क्षमा र बलिदान

संगती

हामीले भेटेको पछिल्लो समयदेखि तपाईसँग के भएको छ भन्ने आधारमा, तपाई के कुराको लागि धन्यवादी हुनुहुन्छ?
यस हप्ता तपाईलाई कुन कुराले तनाव दियो, र ति कुराहरु सुधार गर्नका लागि तपाईलाई के चाहिन्छ?
तपाईंको समुदायका मानिसहरूका आवश्यकताहरू के-के छन्, र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?
पछिल्लो पटक हामीले हेरेको कथा के थियो? हामीले परमेश्वर र मानिसहरूको बारेमा के सिक्यौं?
हाम्रो पछिल्लो बैठकमा, तपाईंले सिकेका कुराहरू लागू गर्ने निर्णय गर्नुभएको थियो। तपाइले के गर्नुभयो र त्यो कस्तो रह्यो?
तपाइले अघिल्लो कथाबाट केहि कुरा कसलाई बताउनु भयो? उनीहरूले कसरी प्रतिक्रिया दिए?
हामीले पछिल्लो पटक धेरै आवश्यकताहरू पहिचान गर्यौं र ती आवश्यकताहरू पूरा गर्ने योजना बनायौं। यो कस्तो भयो?
अब, आउनुहोस्, हामी आजको परमेश्वरको कथा पढौं...

लूका १८: ९-३०

आफ्नै धार्मिकतामा ढुक्‍क भई भरोसा राखेर अरूहरूलाई तुच्छ दृष्‍टिले हेर्नेहरू कसै कसैलाई येशूले यो दृष्‍टान्त भन्‍नुभयो: १० “दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न गए। एक जना फरिसी र अर्कोचाहिँ कर उठाउने। ११ फरिसी उभियो र आफ्नै विषयमा यसरी प्रार्थना गर्‍यो: ‘हे परमेश्‍वर, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि म अरू मानिसहरूजस्तो छली, दुष्‍ट, व्यभिचारी, अथवा यही कर उठाउने मान्छेजस्तो पनि म छैनँ। १२ म हप्‍तामा दुईपल्ट उपवास बस्दछु; र आफूले कमाएका सबै थोकहरूबाट दशांश दिन्छु।’ १३ “तर त्यो कर उठाउने मानिस टाढै उभियो। त्यसले स्वर्गतिर हेर्ने आँट पनि नगरी छाती पिट्दै यसो भन्यो, ‘हे परमेश्‍वर, ममाथि दया गर्नुहोस्, म पापी हुँ।’ १४ “म तिमीहरूलाई भन्दछु, त्यो फरिसी होइन, तर कर उठाउने मानिस परमेश्‍वरको सामु धर्मी ठहरिएर घर फर्कियो; किनकि आफूलाई उच्‍च तुल्याउने नम्र बनाइनेछन् र आफूलाई नम्र बनाउने उच्‍च पारिनेछन्।” १५ मानिसहरूले आ-आफ्ना बालबालिकाहरूलाई पनि येशूले छोइदेऊन् भनी उहाँकहाँ ल्याइरहेका थिए। यो देखेर चेलाहरूले तिनीहरूलाई हप्काए। १६ तर येशूले बालबालिकाहरूलाई आफूकहाँ बोलाउनुभयो र भन्‍नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक; किनकि परमेश्‍वरको राज्य यस्तैहरूका लागि हो। १७ म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले परमेश्‍वरको राज्यलाई एउटा सानो बालकलेझैँ ग्रहण गर्दैन, ऊ कहिल्यै पनि त्यसमा प्रवेश गर्नेछैन।” १८ कुनै एक शासकले उहाँलाई सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्‍त गर्न मैले के गर्नुपर्छ?” १९ येशूले जवाफ दिनुभयो, “तिमी मलाई किन असल भन्दछौ? परमेश्‍वरबाहेक अरू कोही पनि असल छैन। २० तिमीलाई आज्ञाहरू त थाहै छ: ‘तैँले व्यभिचार नगर्नू, तैँले मानव हत्या नगर्नू, तैँले नचोर्नू, तैँले झूटो साक्षी नदिनू, आफ्ना आमा र बुबाको आदर गर्नू।’ ” २१ तिनले भने, “यी आज्ञाहरू त मैले बालककालदेखि नै पालन गर्दैआएको छु।” २२ यो सुनेर येशूले तिनलाई भन्‍नुभयो, “तिमीलाई अझै एउटा कुराको अभाव छ। तिमीसँग भएका सबै थोक बेचेर गरिबहरूलाई बाँडिदेऊ, र तिम्रो निम्ति स्वर्गमा धनसम्पत्ति हुनेछ। त्यसपछि आऊ, मेरो पछि लाग।” २३ यो सुनेर तिनी साह्रै दुःखित भए; किनकि तिनी धेरै धनी थिए। २४ येशूले तिनलाई हेरेर भन्‍नुभयो, “धनीहरूलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्न कति कठिन छ! २५ वास्तवमा कुनै धनी मानिसलाई परमेश्‍वरको राज्यमा प्रवेश गर्नुभन्दा त बरु ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।” २६ यो सुन्‍नेहरूले सोधे, “त्यसो भए कसले उद्धार पाउन सक्छ त?” २७ येशूले जवाफ दिनुभयो, “जे कुरा मानिसहरूका लागि असम्भव छ, त्यो परमेश्‍वरको लागि सम्भव छ।” २८ पत्रुसले उहाँलाई भने, “तपाईंलाई पछ्याउनका निम्ति हामीले आफूसँग भएका सबै कुरा त्यागेका छौँ!” २९ येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, जसले परमेश्‍वरको राज्यको निम्ति घर अथवा पत्नी अथवा दाजुभाइ अथवा बुबाआमा अथवा छोराछोरीलाई त्यागेको छ, ३० त्यसले यसै युगमा त्यसको धेरै गुणा र आउँदा युगमा अनन्त जीवन प्राप्‍त गर्नेछ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International

प्रयोग

अब, कसैलाई यो खण्डलाई आफ्नै शब्दमा दोहोर्याउन लगाउ, मानौं कि तिनीहरूले कहिल्यै नसुनेका साथीलाई भनिरहेछन्। गल्तीले केही छोडेमा वा थपेमा उनीहरूलाई मद्दत गरौं।यदि त्यसो हुन्छ भने हामी सोध्न सक्छौं, "तपाईले त्यो कथामा कहाँ फेला पार्नुहुन्छ?"
यस कथाले हामीलाई परमेश्वर, उहाँको चरित्र र उहाँ के गर्नुहुन्छ भन्ने बारेमा के सिकाउँछ?
यस कथाबाट हामी आफैंलगायत मानिसहरूको बारेमा के सिक्न सक्छौं?
यस कथाबाट परमेश्वरको सत्यातालाई यस हप्ता तपाईं आफ्नो जीवनमा कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?
हामी फेरि भेट्नु अघि यो कथाको सत्यता तपाई कसलाई बताउनुहुन्छ? के तपाइँ अरू कोहि ब्यक्तिहरुलाई चिन्नुहुन्छ जो हामी जस्तै यस एपमा परमेश्वरको वचन बुझ्न चाहन्छन्?
अब हाम्रो बैठक सकिने क्रममा छ, हामी फेरि कहिले भेट्ने र अर्को बैठक कसले सहजीकरण गर्ने भनेर निर्णय गरौ।
हामी तपाईंलाई यो उत्साह दिन चाहनछौ कि तपाईंले गर्छु भनेको कुरा नोट गर्नुहोस, र फेरि भेट्नु अघिका दिनहरुमा यो कथा फेरी दोहोराएर पढ्नुहोस। यदि कसैसँग यो सामग्री छैन भने, सहजकर्ताले कथाको पाठ वा अडियो पठाएर मद्दत गर्न सक्नुहुन्छ। छुट्दै गर्दा, परमेश्वरको सहायताको लागि प्रार्थना गरौं।

0:00

0:00