४ दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्वरका प्रिय जनहरू, उहाँले प्रेम गरी तिमीहरूलाई चुन्नुभएको हो भनी हामी जान्दछौँ। ५ किनकि हामीले प्रचार गरेको सुसमाचार तिमीहरूकहाँ वचनमा मात्र आएन, तर शक्तिको साथ, पवित्र आत्मामा र दृढ निश्चयतासाथ आएको थियो। तिमीहरूसँग हुँदा तिमीहरूका निम्ति हाम्रो जीवन कस्तो थियो, त्यो तिमीहरूलाई थाहै छ। ६ तिमीहरू हाम्रा र प्रभुको अनुकरण गर्ने भयौ; किनकि पवित्र आत्माले दिनुभएको आनन्दसाथ धेरै कष्टहरूका बीचमा तिमीहरूले सुसमाचारलाई ग्रहण गर्यौ। ७ यसकारण तिमीहरू म्यासिडोनिया र अखैयामा भएका सबै विश्वासीहरूका लागि नमुना बनेका छौ।
१ दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूसँगको हाम्रो भेटघाट व्यर्थ भएन भनी तिमीहरू आफैँ जान्दछौ। २ तिमीहरूलाई थाहै छ, फिलिप्पीमा हामीले कष्ट भोगेर अपमानित हुनुपरेको थियो; तर परमेश्वरको सहायताले घोर विरोध भए तापनि हामीले साहससाथ तिमीहरूलाई सुसमाचार प्रचार गर्यौँ। ३ किनकि हाम्रो अर्ती-उपदेश छल वा अशुद्ध विचारबाट उब्जिएको होइन, न त हामीले तिमीहरूलाई धोका दिने कोसिस नै गरिरहेका छौँ। ४ तर परमेश्वरले सुसमाचार सुम्पिन योग्य ठहराउनुभएका मानिसहरूझैँ हामी बोल्दछौँ। हामी मानिसहरूलाई प्रसन्न पार्न होइन, तर हाम्रा हृदय जाँच गर्नुहुने परमेश्वरलाई प्रसन्न पार्न कोसिस गर्दछौँ। ५ तिमीहरूलाई थाहै छ, हामीले कहिल्यै चापलुसी गरेनौँ। परमेश्वर हाम्रो साक्षी हुनुहुन्छ। हामीले तिमीहरूका रकम पाउनका लागि तिमीहरूसँग मित्रताको छल गरेका होइनौँ। ६ न त हामीले मानिसहरूबाट, न त तिमीहरू अथवा अरू कसैबाट प्रशंसा पाउने आशा गर्यौँ। त्यसो त हामी ख्रीष्टका प्रेरितहरू भएका कारणले आफ्ना अधिकार प्रयोग गर्न सक्थ्यौँ। ७ तर आफ्ना बालबालिकाहरूलाई स्याहार्ने धाईआमाझैँ, हामी तिमीहरूका बीचमा कोमल भयौँ। ८ यसरी हामी तिमीहरूलाई वास्ता गर्छौँ; किनकि हामीले तिमीहरूलाई धेरै प्रेम गर्यौँ; यसैले तिमीहरूसँग परमेश्वरको सुसमाचार मात्र होइन, तर आफ्नै जीवन समेत बाँड्न खुशी भएका थियौँ। ९ किनकि दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्वरको सुसमाचार तिमीहरूलाई प्रचारिँदा कसैलाई पनि भार नहोस् भनेर हामीले दिनरात कडा परिश्रम गर्यौँ, यो कुरा निश्चय नै तिमीहरूलाई थाहा छ। १० तिमीहरू र परमेश्वर स्वयम् साक्षी हुनुहुन्छ, कि तिमी विश्वासीहरूका बीचमा हाम्रो व्यवहार पवित्र, धार्मिक र निर्दोष थियो। ११ किनकि तिमीहरूलाई थाहा छ, तिमीहरू हरेकसँग बुबाले आफ्ना छोराछोरीहरूलाई गरेझैँ हामीले तिमीहरूसँग व्यवहार गर्यौँ; १२ ताकि उत्साह, सान्त्वना र आग्रहसित तिमीहरूले परमेश्वरको योग्य चाल चलेको होस्; जसले तिमीहरूलाई उहाँको आफ्नै राज्य र महिमामा बोलाउनुहुन्छ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00