मण्डलीले परमेश्वरको प्रशंसा गर्छ

संगती

हामीले भेटेको पछिल्लो समयदेखि तपाईसँग के भएको छ भन्ने आधारमा, तपाई के कुराको लागि धन्यवादी हुनुहुन्छ?
यस हप्ता तपाईलाई कुन कुराले तनाव दियो, र ति कुराहरु सुधार गर्नका लागि तपाईलाई के चाहिन्छ?
तपाईंको समुदायका मानिसहरूका आवश्यकताहरू के-के छन्, र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?
पछिल्लो पटक हामीले हेरेको कथा के थियो? हामीले परमेश्वर र मानिसहरूको बारेमा के सिक्यौं?
हाम्रो पछिल्लो बैठकमा, तपाईंले सिकेका कुराहरू लागू गर्ने निर्णय गर्नुभएको थियो। तपाइले के गर्नुभयो र त्यो कस्तो रह्यो?
तपाइले अघिल्लो कथाबाट केहि कुरा कसलाई बताउनु भयो? उनीहरूले कसरी प्रतिक्रिया दिए?
हामीले पछिल्लो पटक धेरै आवश्यकताहरू पहिचान गर्यौं र ती आवश्यकताहरू पूरा गर्ने योजना बनायौं। यो कस्तो भयो?
अब, आउनुहोस्, हामी आजको परमेश्वरको कथा पढौं...

१ इतिहास १६: ८-३६

याहवेहलाई प्रशंसा देओ, उहाँको नामको घोषणा गर; जाति-जातिहरूमा उहाँले गर्नुभएका कार्यहरूको बयान गर। उहाँको निम्ति गाओ; उहाँको प्रशंसाको गीत गाओ! उहाँका सबै अद्‌भुत कार्यहरूको वर्णन गर! १० उहाँको पवित्र नाममा गर्व गर; याहवेहलाई खोज्नेहरूका हृदय आनन्दित होऊन्। ११ याहवेह र उहाँको शक्तिलाई हेर; उहाँको मुहारको निरन्तर खोजी गर। १२ उहाँले गर्नुभएका अद्‌भुत कार्यहरू स्मरण गर, उहाँका अचम्मका कामहरू, र उहाँले गर्नुभएका फैसलाको सम्झना गर! १३ हे याहवेहका सेवक इस्राएलका सन्तान हो! हे याकोबका छोराहरू, उहाँद्वारा चुनिएकाहरू हो! १४ उहाँ नै याहवेह हाम्रा परमेश्‍वर हुनुहुन्छ; उहाँका न्यायका कामहरू सारा पृथ्वीमा छ। १५ परमेश्‍वरले आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ, त्यो प्रतिज्ञा, जो उहाँले हजार पुस्ताहरूलाई दिनुभएको थियो; १६ त्यो करार, जो उहाँले अब्राहामसँग बाँध्नुभएको थियो; अनि त्यो शपथ, जो उहाँले इसहाकसँग गर्नुभएको थियो, १७ त्यो उहाँले याकोबसँग उर्दीको रूपमा, र इस्राएलसँग अनन्त करारको रूपमा पक्‍का गर्नुभयो: १८ “म तँलाई कनान देश दिनेछु, त्यो पैतृक सम्पत्तिको रूपमा तेरो भाग हुनेछ।” १९ जब तिनीहरू संख्यामा थोरै थिए, अति थोरै र त्यसमाथि पनि परदेशीहरू थिए। २० तिनीहरू एउटा राष्ट्रबाट अर्को राष्ट्रमा, अनि एउटा राज्यबाट अर्को राज्यमा भौतारिँदै हिँड्थे। २१ उहाँले कसैलाई तिनीहरूमाथि अत्याचार गर्न दिनुभएन; तिनीहरूको खातिर उहाँले राजाहरूलाई यसरी हप्काउनुभयो: २२ “मेरा अभिषिक्त जनहरूलाई नछोओ; मेरा अगमवक्ताहरूलाई केही हानि नगर!” २३ हे सारा पृथ्वीका मानिस हो, याहवेहको निम्ति गाओ; दिन प्रतिदिनै उहाँले गर्नुभएको उद्धारको घोषणा गर। २४ जाति-जातिहरूका बीच उहाँका महिमाको घोषणा गर! सारा मानिसहरूका बीचमा उहाँका अचम्मका कामहरूको वर्णन गर! २५ किनकि याहवेह महान् हुनुहुन्छ, र अति उच्‍च प्रशंसाको योग्य हुनुहुन्छ; सारा देवहरूभन्दा उहाँको भय मान्‍नुपर्छ। २६ किनकि जाति-जातिहरूका सबै देवहरू केवल मूर्तिहरू मात्र हुन्; तर याहवेहले त स्वर्गहरू सृष्‍टि गर्नुभयो। २७ उहाँको सामु गौरव र वैभव छन्; उहाँको वासस्थानमा शक्ति र आनन्द छन्। २८ हे जाति-जातिहरूका परिवार हो, याहवेहलाई जान, याहवेहलाई महिमा र शक्तिको प्रशंसा चढाओ। २९ याहवेहलाई उहाँको नाम सुहाउँदो महिमा देओ; भेटी लिएर उहाँको सामु आओ। याहवेहलाई उहाँको पवित्रताको वैभवमा आराधना गर! ३० हे सारा पृथ्वी, उहाँको सामु थरथर काँप्! संसार दृढतासाथ स्थापित भएको छ; यसकारण यो हल्‍लिन सक्दैन। ३१ स्वर्गहरूले आनन्द मनाऊन्, पृथ्वी हर्षित होस्! तिनीहरूले राष्ट्रहरूको बीचमा भनून्, “याहवेहले शासन गर्नुहुन्छ!” ३२ समुद्र र त्यसमा भएका हरेक प्राणीले जयजयकार गरून्! खेतहरू र त्यसमा भएका हरेक थोक हर्षित होऊन्! ३३ तब वनका रूखहरूले गाऊन्, तिनीहरूले याहवेहको सामु आनन्दले गाऊन्; किनकि उहाँ संसारको न्याय गर्न आउनुहुन्छ। ३४ याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ; उहाँको अचुक प्रेम सदासर्वदा रहिरहन्छ। ३५ यसो भनेर कराओ, “हे हाम्रा उद्धारकर्ता परमेश्‍वर, हामीलाई बचाउनुहोस्; हामीलाई एक ठाउँमा भेला गर्नुहोस्, र हामीलाई अन्य राष्ट्रहरूबाट छुटकारा दिनुहोस्; ताकि हामी तपाईंको पवित्र नामलाई धन्यवाद दिन सकौँ, र तपाईंको प्रशंसामा गर्व गर्न सकौँ!” ३६ याहवेह, इस्राएलका परमेश्‍वरलाई सदासर्वदा प्रशंसा होइरहोस्! तब सबै मानिसहरूले भने, “आमेन” र “याहवेहको प्रशंसा होस्।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International

प्रयोग

अब, कसैलाई यो खण्डलाई आफ्नै शब्दमा दोहोर्याउन लगाउ, मानौं कि तिनीहरूले कहिल्यै नसुनेका साथीलाई भनिरहेछन्। गल्तीले केही छोडेमा वा थपेमा उनीहरूलाई मद्दत गरौं।यदि त्यसो हुन्छ भने हामी सोध्न सक्छौं, "तपाईले त्यो कथामा कहाँ फेला पार्नुहुन्छ?"
यस कथाले हामीलाई परमेश्वर, उहाँको चरित्र र उहाँ के गर्नुहुन्छ भन्ने बारेमा के सिकाउँछ?
यस कथाबाट हामी आफैंलगायत मानिसहरूको बारेमा के सिक्न सक्छौं?
यस कथाबाट हामी मण्डली हुनुको बारेमा के सिक्छौं?
यस कथाबाट परमेश्वरको सत्यातालाई यस हप्ता तपाईं आफ्नो जीवनमा कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?
हामी फेरि भेट्नु अघि यो कथाको सत्यता तपाई कसलाई बताउनुहुन्छ? के तपाइँ अरू कोहि ब्यक्तिहरुलाई चिन्नुहुन्छ जो हामी जस्तै यस एपमा परमेश्वरको वचन बुझ्न चाहन्छन्?
अब हाम्रो बैठक सकिने क्रममा छ, हामी फेरि कहिले भेट्ने र अर्को बैठक कसले सहजीकरण गर्ने भनेर निर्णय गरौ।
हामी तपाईंलाई यो उत्साह दिन चाहनछौ कि तपाईंले गर्छु भनेको कुरा नोट गर्नुहोस, र फेरि भेट्नु अघिका दिनहरुमा यो कथा फेरी दोहोराएर पढ्नुहोस। यदि कसैसँग यो सामग्री छैन भने, सहजकर्ताले कथाको पाठ वा अडियो पठाएर मद्दत गर्न सक्नुहुन्छ। छुट्दै गर्दा, परमेश्वरको सहायताको लागि प्रार्थना गरौं।

0:00

0:00