१ दाजुभाइ-दिदीबहिनीहरू हो, यदि कुनै मानिस पापमा पक्राउ पर्यो भने तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै उसलाई नम्रतासाथ सुधार गर, तर तिमी आफैँ पनि होसियारी बस; नत्रता तिमी पनि परीक्षामा परौला। २ एक-अर्काको बोझ उठाओ र यसरी नै ख्रीष्टको व्यवस्था पूरा गर। ३ यदि कसैले आफू केही नभए तापनि केही हुँ भनी सोच्दछ भने त्यसले आफूलाई नै धोका दिन्छ। ४ प्रत्येकले आफ्नै कामको जाँच गर्नुपर्छ। तब आफूलाई अरू कसैसँग तुलना नगरी आफैँमा गर्व गर्न सक्छ। ५ किनकि हरेक आफ्नो कार्यको आफैँ जिम्मेवार हुन्छ। ६ तापनि जसले वचनको शिक्षा पाउँछ, उसले आफ्ना सबै असल थोकहरू वचन सिकाउनेसँग बाँडचुँड गर्नुपर्दछ। ७ धोकामा नपर: परमेश्वरलाई झुक्याउन सकिँदैन। किनकि मानिसले जे रोप्दछ, त्यसैको कटनी पनि गर्दछ। ८ जसले आफ्नो शरीरको पापमय स्वभावलाई खुशी पार्न रोप्दछ, त्यसले पापमय स्वभावबाट नै सर्वनाशको कटनी पनि गर्नेछ। तर जसले परमेश्वरको आत्माको लागि रोप्दछ, त्यसले परमेश्वरको आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ। ९ हामी भलाइ गर्न नथाकौँ; किनकि यदि हिम्मत हारेनौँ भने हामीले ठिक समयमा फसल कटनी गर्नेछौँ। १० यसकारण मौका छँदै सबै मानिसहरूको भलाइ गर्दै जाऔँ, विशेष गरी विश्वासमा हुने परिवारलाई भलाइ गरौँ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00