मण्डलीले एकअर्काको सेवा गर्दछ

संगती

हामीले भेटेको पछिल्लो समयदेखि तपाईसँग के भएको छ भन्ने आधारमा, तपाई के कुराको लागि धन्यवादी हुनुहुन्छ?
यस हप्ता तपाईलाई कुन कुराले तनाव दियो, र ति कुराहरु सुधार गर्नका लागि तपाईलाई के चाहिन्छ?
तपाईंको समुदायका मानिसहरूका आवश्यकताहरू के-के छन्, र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?
पछिल्लो पटक हामीले हेरेको कथा के थियो? हामीले परमेश्वर र मानिसहरूको बारेमा के सिक्यौं?
हाम्रो पछिल्लो बैठकमा, तपाईंले सिकेका कुराहरू लागू गर्ने निर्णय गर्नुभएको थियो। तपाइले के गर्नुभयो र त्यो कस्तो रह्यो?
तपाइले अघिल्लो कथाबाट केहि कुरा कसलाई बताउनु भयो? उनीहरूले कसरी प्रतिक्रिया दिए?
हामीले पछिल्लो पटक धेरै आवश्यकताहरू पहिचान गर्यौं र ती आवश्यकताहरू पूरा गर्ने योजना बनायौं। यो कस्तो भयो?
अब, आउनुहोस्, हामी आजको परमेश्वरको कथा पढौं...

प्रेरित ६: १-७

ती दिनहरूमा जब चेलाहरूको संख्या बढिरहेको थियो, तब हिब्रूभाषी यहूदीहरूका विरुद्ध ग्रीकभाषी यहूदीहरूले गनगन गरे। किनकि दैनिक भोजन वितरण गरिँदा तिनीहरूका विधवाहरूको बेवास्ता गरिएको थियो। त्यसैले बाह्रै जना प्रेरितहरूले सबै चेलाहरूलाई भेला गराएर भने, “परमेश्‍वरको वचनको प्रचार गर्न छोडेर भोजनको सेवामा लाग्नु हाम्रा निम्ति उचित होइन। दाजुभाइ-दिदीबहिनीहरू हो, आफ्ना बीचबाट पवित्र आत्मा र बुद्धिले भरिएका अनि सबैको आदर पाएका सात जना मानिसहरूलाई छान, जसलाई हामीले यस काममा नियुक्त गरौँ। अनि हामी हाम्रो ध्यान प्रार्थना र वचनको प्रचारमा केन्द्रित गर्न सक्छौँ।” यो प्रस्तावले समूहका सबैलाई खुशी तुल्यायो। अनि पवित्र आत्मा र विश्‍वासले भरिपूर्ण भएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी धर्म अपनाएका शिक्षित निकोलाउसलाई तिनीहरूले छाने। छनौट गरिएका ती मानिसहरूलाई तिनीहरूले प्रेरितहरूसामु उपस्थित गराए। अनि प्रेरितहरूले प्रार्थना गरेर तिनीहरूका शिरमाथि आफ्ना हात राखे। यसरी परमेश्‍वरको वचन फैलिँदै गयो, र यरूशलेममा चेलाहरूको संख्या तीब्रताका साथ बढ्दैगयो। पुजारीहरूमध्ये धेरै जनाले यस विश्‍वासलाई ग्रहण गरे।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International

प्रयोग

अब, कसैलाई यो खण्डलाई आफ्नै शब्दमा दोहोर्याउन लगाउ, मानौं कि तिनीहरूले कहिल्यै नसुनेका साथीलाई भनिरहेछन्। गल्तीले केही छोडेमा वा थपेमा उनीहरूलाई मद्दत गरौं।यदि त्यसो हुन्छ भने हामी सोध्न सक्छौं, "तपाईले त्यो कथामा कहाँ फेला पार्नुहुन्छ?"
यस कथाले हामीलाई परमेश्वर, उहाँको चरित्र र उहाँ के गर्नुहुन्छ भन्ने बारेमा के सिकाउँछ?
यस कथाबाट हामी आफैंलगायत मानिसहरूको बारेमा के सिक्न सक्छौं?
यस कथाबाट हामी मण्डली हुनुको बारेमा के सिक्छौं?
यस कथाबाट परमेश्वरको सत्यातालाई यस हप्ता तपाईं आफ्नो जीवनमा कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?
हामी फेरि भेट्नु अघि यो कथाको सत्यता तपाई कसलाई बताउनुहुन्छ? के तपाइँ अरू कोहि ब्यक्तिहरुलाई चिन्नुहुन्छ जो हामी जस्तै यस एपमा परमेश्वरको वचन बुझ्न चाहन्छन्?
अब हाम्रो बैठक सकिने क्रममा छ, हामी फेरि कहिले भेट्ने र अर्को बैठक कसले सहजीकरण गर्ने भनेर निर्णय गरौ।
हामी तपाईंलाई यो उत्साह दिन चाहनछौ कि तपाईंले गर्छु भनेको कुरा नोट गर्नुहोस, र फेरि भेट्नु अघिका दिनहरुमा यो कथा फेरी दोहोराएर पढ्नुहोस। यदि कसैसँग यो सामग्री छैन भने, सहजकर्ताले कथाको पाठ वा अडियो पठाएर मद्दत गर्न सक्नुहुन्छ। छुट्दै गर्दा, परमेश्वरको सहायताको लागि प्रार्थना गरौं।

0:00

0:00