मण्डलीले बलिदानीक रुपमा दिन्छ

संगती

हामीले भेटेको पछिल्लो समयदेखि तपाईसँग के भएको छ भन्ने आधारमा, तपाई के कुराको लागि धन्यवादी हुनुहुन्छ?
यस हप्ता तपाईलाई कुन कुराले तनाव दियो, र ति कुराहरु सुधार गर्नका लागि तपाईलाई के चाहिन्छ?
तपाईंको समुदायका मानिसहरूका आवश्यकताहरू के-के छन्, र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?
पछिल्लो पटक हामीले हेरेको कथा के थियो? हामीले परमेश्वर र मानिसहरूको बारेमा के सिक्यौं?
हाम्रो पछिल्लो बैठकमा, तपाईंले सिकेका कुराहरू लागू गर्ने निर्णय गर्नुभएको थियो। तपाइले के गर्नुभयो र त्यो कस्तो रह्यो?
तपाइले अघिल्लो कथाबाट केहि कुरा कसलाई बताउनु भयो? उनीहरूले कसरी प्रतिक्रिया दिए?
हामीले पछिल्लो पटक धेरै आवश्यकताहरू पहिचान गर्यौं र ती आवश्यकताहरू पूरा गर्ने योजना बनायौं। यो कस्तो भयो?
अब, आउनुहोस्, हामी आजको परमेश्वरको कथा पढौं...

प्रेरित ४: ३२-३७

३२ सबै विश्‍वासीहरू एकै हृदय र एकै मनका भएका थिए। कसैले पनि आफ्नो सम्पत्तिमाथि एकाधिकार दाबी गर्दैनथ्यो। तर तिनीहरूसँग भएका सम्पूर्ण कुराहरू तिनीहरूले अरूसँग बाँडचुँड गर्थे। ३३ प्रेरितहरूले ठूलो शक्तिसाथ प्रभु येशू पुनर्जीवित हुनुभएको निरन्तर साक्षी दिन्थे। तिनीहरू सबैमाथि परमेश्‍वरको प्रशस्त अनुग्रह थियो। ३४ तिनीहरूमध्ये कसैलाई केही कुराको खाँचो थिएन। किनकि जग्गाधनी र घरधनीहरूले आ-आफ्ना सम्पत्ति र मालमत्ताहरू समय-समयमा बेच्थे; र बिक्रीबाट आएको रकम ल्याउँथे। ३५ अनि त्यो रकमलाई प्रेरितहरूको पाउमा राखिदिन्थे। तब जस-जसलाई खाँचो पर्थ्यो, त्यो तिनीहरूलाई बाँडिन्थ्यो। ३६ साइप्रस देशका लेवी कुलका योसेफ, जसलाई प्रेरितहरूले बारनाबास (जसको अर्थ उत्साहको पुत्र हो) भन्‍ने गर्थे, ३७ उनले आफ्नो स्वामित्वमा भएको जग्गा बिक्री गरे। अनि त्यसबाट प्राप्‍त रकम ल्याएर प्रेरितहरूका पाउमा राखिदिए।

२ कोरिन्थी ८: १-१५

अब हे दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरले म्यासिडोनियाका मण्डलीहरूलाई दिनुभएको अनुग्रहबारे तिमीहरूले जान भनी हामी चाहन्छौँ। तिनीहरू अति डरलाग्दा परीक्षाहरूमा परे तापनि तिनीहरू आनन्दले भरिपूर्ण थिए, र अत्यन्त दरिद्र भए तापनि तिनीहरूले उदार चित्तले दान दिए। किनकि म यो साक्षी दिन्छु, तिनीहरूले दिन सक्ने जति दिए, यहाँसम्म कि तिनीहरूको सामर्थ्यभन्दा बढी नै स्वेच्छापूर्वक दिए। प्रभुका जनहरूको सेवाका लागि दान दिने सुअवसर पाऔँ भनी हामीसित तिनीहरूले खुरन्धार बिन्ती गरे। अनि तिनीहरूले हामीले आशा गरेको भन्दा प्रशस्त गरे: तिनीहरूले पहिले आफैँलाई प्रभुमा समर्पण गरे; त्यसपछि परमेश्‍वरको इच्छाअनुसार हामीकहाँ पनि आफैँलाई समर्पण गरे। यसकारण तीतसले पहिलेबाट नै दान उठाउने काम थालेका हुनाले तिमीहरूको भेटी सङ्कलनको काम पूरा गरून् भनी हामीले तिनलाई आग्रह गर्‍यौँ। अनि तिमीहरूले प्रत्येक कुरामा, विश्‍वासमा, वचनमा, ज्ञानमा, सम्पूर्ण तत्परतामा र हामीप्रति तिमीहरूको प्रेममा सर्वश्रेष्‍ठता देखाएझैँ तिमीहरूले दान दिने काममा पनि सर्वश्रेष्‍ठता देखाओ। म तिमीहरूलाई आज्ञा दिन्‍नँ, तर अरूको तत्परतासित तिमीहरूको प्रेमको निष्कपटता जाँच्न चाहन्छु। किनकि तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह जान्दछौ, उहाँ धनी भएर पनि तिमीहरूको निम्ति गरिब हुनुभयो, ताकि उहाँको दरिद्रताबाट तिमीहरू धनी बन। १० अनि तिमीहरूका लागि के कुराचाहिँ उत्तम होला भनेर यस विषयमा मेरो सुझाव यस्तो छ: बितेको वर्षमा तिमीहरू दिने कुरामा मात्र होइन, तर यसो गर्ने इच्छाको लागि पनि प्रथम थियौ। ११ अब यस कामलाई पूरा गर, ताकि तिमीहरूको यसो गर्ने इच्छा तिमीहरूको साधनअनुसार दिएर पूरा गरेको कारणले सुहाउँदो होस्। १२ किनकि यदि इच्छा छ भने मानिससँग नभएअनुसार होइन, तर ऊसँग भएअनुसारको दान ग्रहणयोग्य हुन्छ। १३ अरूलाई भार नहोस् तर तिमीहरूलाई भार होस् भन्‍ने हाम्रो इच्छा होइन; १४ वर्तमान समयमा तिमीहरूको प्रशस्तताबाट तिनीहरूको खाँचो टरोस्, ताकि बदलामा तिमीहरूको खाँचो पनि तिनीहरूको प्रशस्तताबाट टरोस्। यसरी लक्ष्यमा समानता हुन्छ, १५ जसरी धर्मशास्त्रमा लेखिएको छ, “धेरै बटुल्नेको ज्यादा भएन, र थोरै बटुल्नेको पनि कम्ती भएन।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International

प्रयोग

अब, कसैलाई यो खण्डलाई आफ्नै शब्दमा दोहोर्याउन लगाउ, मानौं कि तिनीहरूले कहिल्यै नसुनेका साथीलाई भनिरहेछन्। गल्तीले केही छोडेमा वा थपेमा उनीहरूलाई मद्दत गरौं।यदि त्यसो हुन्छ भने हामी सोध्न सक्छौं, "तपाईले त्यो कथामा कहाँ फेला पार्नुहुन्छ?"
यस कथाले हामीलाई परमेश्वर, उहाँको चरित्र र उहाँ के गर्नुहुन्छ भन्ने बारेमा के सिकाउँछ?
यस कथाबाट हामी आफैंलगायत मानिसहरूको बारेमा के सिक्न सक्छौं?
यस कथाबाट हामी मण्डली हुनुको बारेमा के सिक्छौं?
यस कथाबाट परमेश्वरको सत्यातालाई यस हप्ता तपाईं आफ्नो जीवनमा कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?
हामी फेरि भेट्नु अघि यो कथाको सत्यता तपाई कसलाई बताउनुहुन्छ? के तपाइँ अरू कोहि ब्यक्तिहरुलाई चिन्नुहुन्छ जो हामी जस्तै यस एपमा परमेश्वरको वचन बुझ्न चाहन्छन्?
अब हाम्रो बैठक सकिने क्रममा छ, हामी फेरि कहिले भेट्ने र अर्को बैठक कसले सहजीकरण गर्ने भनेर निर्णय गरौ।
हामी तपाईंलाई यो उत्साह दिन चाहनछौ कि तपाईंले गर्छु भनेको कुरा नोट गर्नुहोस, र फेरि भेट्नु अघिका दिनहरुमा यो कथा फेरी दोहोराएर पढ्नुहोस। यदि कसैसँग यो सामग्री छैन भने, सहजकर्ताले कथाको पाठ वा अडियो पठाएर मद्दत गर्न सक्नुहुन्छ। छुट्दै गर्दा, परमेश्वरको सहायताको लागि प्रार्थना गरौं।

0:00

0:00