मानव सृष्टि

संगती

हामीले भेटेको पछिल्लो समयदेखि तपाईसँग के भएको छ भन्ने आधारमा, तपाई के कुराको लागि धन्यवादी हुनुहुन्छ?
यस हप्ता तपाईलाई कुन कुराले तनाव दियो, र ति कुराहरु सुधार गर्नका लागि तपाईलाई के चाहिन्छ?
तपाईंको समुदायका मानिसहरूका आवश्यकताहरू के-के छन्, र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?
पछिल्लो पटक हामीले हेरेको कथा के थियो? हामीले परमेश्वर र मानिसहरूको बारेमा के सिक्यौं?
हाम्रो पछिल्लो बैठकमा, तपाईंले सिकेका कुराहरू लागू गर्ने निर्णय गर्नुभएको थियो। तपाइले के गर्नुभयो र त्यो कस्तो रह्यो?
तपाइले अघिल्लो कथाबाट केहि कुरा कसलाई बताउनु भयो? उनीहरूले कसरी प्रतिक्रिया दिए?
हामीले पछिल्लो पटक धेरै आवश्यकताहरू पहिचान गर्यौं र ती आवश्यकताहरू पूरा गर्ने योजना बनायौं। यो कस्तो भयो?
अब, आउनुहोस्, हामी आजको परमेश्वरको कथा पढौं...

उत्पत्ति १: २६-२७

२६ तब परमेश्‍वरले आज्ञा गर्नुभयो, “हामी मानिस जातिलाई हाम्रै स्वरूपमा, हामीजस्तै बनाऔँ। तिनीहरूले समुद्रका माछा, आकाशका चराहरू, घरपालुवा जनावर, सबै जङ्गली पशु, र पृथ्वीमा चलहल गर्ने सबै प्राणीहरूमाथि शासन गरून्।” २७ यसकारण परमेश्‍वरले मानिस जातिलाई उहाँको आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो, परमेश्‍वरको स्वरूपमा उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो; पुरुष र स्त्री गरेर उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो।

उत्पत्ति २: ७-९

याहवेह परमेश्‍वरले मानिसलाई जमिनको माटोबाट बनाउनुभयो; अनि तिनको नाकमा जीवनको सास फुकिदिनुभयो। यसरी मानिस जीवित प्राणी बन्यो। याहवेह परमेश्‍वरले पूर्वपट्टि भएको अदनमा एउटा बगैँचा लगाउनुभएको थियो; अनि आफूले बनाउनुभएको मानिसलाई उहाँले त्यहाँ राख्नुभयो। अनि याहवेह परमेश्‍वरले भूमिबाट सबै किसिमका रूखहरू, अर्थात् हेर्नमा राम्रो र खानलाई असल रूखहरू उमार्नुभयो। अनि बगैँचाको बीचमा जीवनको रूख, साथै असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो।

उत्पत्ति २: १५-२५

१५ याहवेह परमेश्‍वरले मानिसलाई लगेर अदनको बगैँचामा काम गर्न र त्यसको हेरचाह गर्नका निम्ति त्यहाँ राख्नुभयो। १६ अनि याहवेह परमेश्‍वरले मानिसलाई यसो भनेर आज्ञा दिनुभयो, “यस बगैँचामा भएका कुनै पनि रूखहरूबाट खान तँ स्वतन्त्र छस्; १७ तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ तैँले खाँदै नखानू! किनकि जुन दिन तैँले त्यो फल खान्छस्, तँ निश्‍चय नै मर्नेछस्।” १८ याहवेह परमेश्‍वरले भन्‍नुभयो, “मानिस एकलो रहन असल छैन। म त्यसको निम्ति एउटा सुहाउँदो सहयोगी बनाउनेछु।” १९ याहवेह परमेश्‍वरले भूमिबाट सबै जङ्गली जनावर र आकाशका पक्षीहरूलाई बनाउनुभएको थियो। मानिसले तिनीहरूका के-के नाम राख्दो रहेछ भनी हेर्न तिनीहरूलाई तिनीकहाँ ल्याउनुभयो; अनि मानिसले हरेक प्राणीलाई जे-जे भनेर बोलाए, त्यही नै तिनीहरूका नाम रह्‍यो। २० यसरी मानिसले सबै घरपालुवा जनावरहरू, आकाशका पक्षीहरू र सबै जङ्गली जनावरहरूका नाम राखे। तर आदमको लागि कुनै सुहाउँदो सहयोगी पाइएन। २१ यसकारण याहवेह परमेश्‍वरले मानिसलाई गहिरो निद्रामा पार्नुभयो। जब तिनी निदाइरहेका थिए, तब उहाँले तिनका करङहरूमध्ये एउटा निकालेर त्यस ठाउँलाई मासुले भरिदिनुभयो। २२ अनि याहवेह परमेश्‍वरले मानिसबाट जुन करङ निकाल्नुभएको थियो, त्यही करङबाट एउटी स्त्री बनाउनुभयो र तिनलाई मानिसकहाँ ल्याउनुभयो। २३ अनि मानिसले भने, “अब यो त मेरै हाडहरूका हाड र मासुको मासु हो; तिनलाई ‘स्त्री’ भनिनेछ, किनकि तिनी मानिसबाट निकालिएकी हो।” २४ यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्नी पत्नीसित मिलिबस्छ, अनि तिनीहरू एउटै शरीर हुन्छन्। २५ मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए, तर तिनीहरू लाज मान्दैनथे।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International

प्रयोग

अब, कसैलाई यो खण्डलाई आफ्नै शब्दमा दोहोर्याउन लगाउ, मानौं कि तिनीहरूले कहिल्यै नसुनेका साथीलाई भनिरहेछन्। गल्तीले केही छोडेमा वा थपेमा उनीहरूलाई मद्दत गरौं।यदि त्यसो हुन्छ भने हामी सोध्न सक्छौं, "तपाईले त्यो कथामा कहाँ फेला पार्नुहुन्छ?"
यस कथाले हामीलाई परमेश्वर, उहाँको चरित्र र उहाँ के गर्नुहुन्छ भन्ने बारेमा के सिकाउँछ?
यस कथाबाट हामी आफैंलगायत मानिसहरूको बारेमा के सिक्न सक्छौं?
यस कथाबाट परमेश्वरको सत्यातालाई यस हप्ता तपाईं आफ्नो जीवनमा कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?
हामी फेरि भेट्नु अघि यो कथाको सत्यता तपाई कसलाई बताउनुहुन्छ? के तपाइँ अरू कोहि ब्यक्तिहरुलाई चिन्नुहुन्छ जो हामी जस्तै यस एपमा परमेश्वरको वचन बुझ्न चाहन्छन्?
अब हाम्रो बैठक सकिने क्रममा छ, हामी फेरि कहिले भेट्ने र अर्को बैठक कसले सहजीकरण गर्ने भनेर निर्णय गरौ।
हामी तपाईंलाई यो उत्साह दिन चाहनछौ कि तपाईंले गर्छु भनेको कुरा नोट गर्नुहोस, र फेरि भेट्नु अघिका दिनहरुमा यो कथा फेरी दोहोराएर पढ्नुहोस। यदि कसैसँग यो सामग्री छैन भने, सहजकर्ताले कथाको पाठ वा अडियो पठाएर मद्दत गर्न सक्नुहुन्छ। छुट्दै गर्दा, परमेश्वरको सहायताको लागि प्रार्थना गरौं।

0:00

0:00