१ याहवेहले मोशा र हारूनलाई इजिप्टमा भन्नुभयो, २ “यो महिना तिमीहरूका लागि महिनाहरूको सुरु, वर्षको पहिलो महिना हुनेछ। ३ इस्राएलका सम्पूर्ण समुदायलाई प्रत्येक मानिसले यो महिनाको दशौँ दिनमा आफ्ना परिवारको लागि प्रत्येक घरानाअनुसार एउटा थुमा लिनुपर्छ भनी भन्।
२१ तब मोशाले इस्राएलका सबै प्रधानहरूलाई बोलाएर तिनीहरूलाई भने, “झट्टै गएर तपाईंहरूका परिवारहरूका निम्ति पशुहरू रोज्नुहोस् र निस्तार चाडको पाठो मार्नुहोस्। २२ हिसपको एउटा झुप्पा लिएर भाँडामा भएको रगतमा चोप्नुहोस्, र केही रगत चौकसका माथिल्लो र दुवैतिरका भागमा लगाउनुहोस्। बिहानसम्म आफ्नो घरदेखि कोही पनि बाहिर ननिस्कोस्। २३ जब याहवेह इजिप्टियनहरूलाई प्रहार गर्नलाई यस देशबाट भएर जानुहुनेछ, तब उहाँले चौकसका माथिल्ला र दुई छेउका भागहरूमा रगत देख्नुहुनेछ; अनि उहाँले त्यस ढोकालाई नाघेर जानुहुनेछ, र विनाशकर्तालाई नाश गर्न तपाईंहरूका घरमा पस्न दिनुहुनेछैन। २४ “यस निर्देशनलाई तपाईंहरू र तपाईंहरूका सन्तानका लागि एउटा सदाको धार्मिक नियमस्वरूप पालन गर्नू। २५ जब तपाईंहरू याहवेहले प्रतिज्ञा गर्नुभएको देशमा प्रवेश गर्नुहुनेछ, यस उत्सवलाई मान्नू। २६ अनि जब तपाईंहरूका छोराछोरीहरूले तपाईंहरूलाई ‘तपाईंहरूका निम्ति यस उत्सवको अर्थ के हो?’ भनी सोध्छन्, २७ तब तपाईंहरूले भन्नू, ‘यो याहवेहको निम्ति निस्तारको बलिदान हो; उहाँले इजिप्टमा इस्राएलीहरूका घरहरूलाई छोड्नुभयो, र इजिप्टियनहरूलाई प्रहार गर्नुहुँदा हाम्रा परिवारहरूलाई जोगाइराख्नुभयो।’ ” तब मानिसहरूले शिर निहुराएर आराधना गरे। २८ इस्राएलीहरूले याहवेहले मोशा र हारूनलाई आज्ञा गर्नुभएबमोजिम नै गरे। २९ मध्यरातमा याहवेहले सिंहासनमा बस्ने फारोको जेठा छोरादेखि लिएर झ्यालखानामा भएको कैदीको जेठा छोरा, र सबै गाईबस्तुहरूका पहिले जन्मेकाहरू समेत, र इजिप्टका पहिले जन्मेकाहरू सबैलाई मार्नुभयो। ३० फारो र तिनका सबै अधिकारीहरू र सारा इजिप्टियनहरू राति नै उठे, र इजिप्टमा ठूलो रुवाबासी चल्यो; किनकि त्यहाँ कोही नमरेको कुनै घर थिएन। ३१ रातको समयमा फारोले मोशा र हारूनलाई बोलाइपठाएर भने, “तिमीहरू र सारा इस्राएलीहरू उठ! अनि मेरा मानिसहरूलाई छोडिदेओ! जाओ, र तिमीहरूले बिन्ती गरेझैँ याहवेहको आराधना गर।
४० इस्राएलीहरू इजिप्टमा बसेको 430 वर्ष भइसकेको थियो। ४१ 430 वर्षको अन्त्यमा त्यही दिन याहवेहको सम्पूर्ण दलहरूले इजिप्ट छोडे। ४२ तिनीहरूलाई इजिप्टबाट बाहिर निकाल्नलाई त्यस रात याहवेहले हेरचाह गर्नुभएको कारण सारा इस्राएलीहरू पनि भावी पुस्तामा याहवेहलाई सम्मान दिनको निम्ति त्यस रात जागा रहनुपर्छ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00