अवज्ञाको चक्र

संगती

हामीले भेटेको पछिल्लो समयदेखि तपाईसँग के भएको छ भन्ने आधारमा, तपाई के कुराको लागि धन्यवादी हुनुहुन्छ?
यस हप्ता तपाईलाई कुन कुराले तनाव दियो, र ति कुराहरु सुधार गर्नका लागि तपाईलाई के चाहिन्छ?
तपाईंको समुदायका मानिसहरूका आवश्यकताहरू के-के छन्, र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?
पछिल्लो पटक हामीले हेरेको कथा के थियो? हामीले परमेश्वर र मानिसहरूको बारेमा के सिक्यौं?
हाम्रो पछिल्लो बैठकमा, तपाईंले सिकेका कुराहरू लागू गर्ने निर्णय गर्नुभएको थियो। तपाइले के गर्नुभयो र त्यो कस्तो रह्यो?
तपाइले अघिल्लो कथाबाट केहि कुरा कसलाई बताउनु भयो? उनीहरूले कसरी प्रतिक्रिया दिए?
हामीले पछिल्लो पटक धेरै आवश्यकताहरू पहिचान गर्यौं र ती आवश्यकताहरू पूरा गर्ने योजना बनायौं। यो कस्तो भयो?
अब, आउनुहोस्, हामी आजको परमेश्वरको कथा पढौं...

न्यायकर्ता २: १०-२३

१० त्यो सम्पूर्ण पुस्ता आफ्ना पितापुर्खाहरूसित मिल्न गए। अनि अर्को पुस्ता बढेर आयो, जसले न त याहवेहलाई चिन्दथ्यो, न त उहाँले इस्राएलका निम्ति गर्नुभएका कुराहरू नै जान्दथ्यो। ११ तब इस्राएलीहरूले याहवेहको दृष्‍टिमा दुष्‍ट काम गरे, र बालको सेवा गरे। १२ तिनीहरूले याहवेह आफ्ना पितापुर्खाहरूका परमेश्‍वरलाई त्यागे, जसले तिनीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुभएको थियो। तिनीहरू आफ्ना वरिपरिका मानिसहरूका देवी-देवताहरूको पछि लागेर तिनीहरूलाई पुज्न थाले। तिनीहरूले याहवेहलाई रिस उठाए; १३ किनकि तिनीहरूले याहवेहलाई त्यागे; अनि बाल र अश्तोरेत देवी-देवताहरूको सेवा गरे। १४ इस्राएलप्रति आफ्नो क्रोधमा याहवेहले तिनीहरूलाई आक्रमणकारीहरूका हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूलाई लुटे। उहाँले तिनीहरूलाई आफ्ना चारैतिरका शत्रुहरूकहाँ बेचिदिनुभयो, जसलाई तिनीहरूले रोक्न सकेनन्। १५ जहाँ-जहाँ इस्राएलीहरू लडाइँ गर्न निस्कन्थे, त्यहीँ नै याहवेहले तिनीहरूसित शपथ खानुभएझैँ उहाँका हात तिनीहरूलाई पराजित पार्न तिनीहरूको विरुद्धमा हुन्थ्यो। त्यसैले तिनीहरू ठूलो सङ्कष्‍टमा परे। १६ तब याहवेहले न्यायकर्ताहरू खडा गर्नुभयो, जसले तिनीहरूलाई ती आक्रमणकारीहरूका हातबाट बचाए। १७ तापनि तिनीहरूले आफ्ना न्यायकर्ताहरूका कुरा सुनेनन्, तर अरू देवी-देवताहरूसित व्यभिचार गरे र तिनीहरूलाई पुजिरहे। तिनीहरू आफ्ना पितापुर्खाहरूका मार्ग, जसले याहवेहका आज्ञापालन गर्दथे, तिनीहरूका मार्गलाई चाँडै छोडिदिए। १८ जब-जब याहवेहले कुनै न्यायकर्तालाई तिनीहरूका निम्ति खडा गर्नुभयो, तब उहाँ त्यस न्यायकर्ताको साथमा रहनुहुन्थ्यो, र त्यो न्यायकर्ता बाँचुन्जेल उहाँले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट बचाउनुहुन्थ्यो; किनकि तिनीहरूलाई थिचोमिचो गर्ने र सताउनेहरूको अधीनमा तिनीहरूले जहिले सुस्केरा हाले तापनि याहवेहले तिनीहरूलाई दया देखाउनुभयो। १९ तर त्यो न्यायकर्ता मरेपछि ती मानिसहरू अरू देवी-देवताहरूको पछि लागेर तिनीहरूलाई पुज्दै आफ्ना पितापुर्खाहरूभन्दा बढी भ्रष्‍ट चालतिर फर्कन्थे। तिनीहरूले आफ्ना दुष्‍ट कामहरू र हठी मार्गलाई त्याग्न अस्वीकार गरे। २० यसकारण याहवेह इस्राएलसँग अति क्रोधित हुनुभयो र भन्‍नुभयो, “यस जातिले मैले तिनीहरूका पितापुर्खाहरूका निम्ति राखिदिएको करार भङ्ग गरेका हुनाले र मेरो कुरा नसुनेको कारणले, २१ यहोशूको मृत्युपछि उसले छोडिराखेका कुनै पनि जातिलाई म तिनीहरूको सामु अब धपाउनेछैनँ। २२ इस्राएललाई जाँच्न म तिनीहरूलाई प्रयोग गर्नेछु; र तिनीहरू याहवेहको मार्गलाई मानेर आफ्ना पितापुर्खाहरू त्यसमा हिँडेझैँ तिनीहरू हिँड्छन् कि हिँड्दैनन् भनी हेर्नेछु।” २३ याहवेहले ती जातिहरूलाई रहिरहन दिनुभयो; उहाँले तिनीहरूलाई यहोशूको हातमा पर्न दिएर एकैचोटि धपाउनुभएन।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International

प्रयोग

अब, कसैलाई यो खण्डलाई आफ्नै शब्दमा दोहोर्याउन लगाउ, मानौं कि तिनीहरूले कहिल्यै नसुनेका साथीलाई भनिरहेछन्। गल्तीले केही छोडेमा वा थपेमा उनीहरूलाई मद्दत गरौं।यदि त्यसो हुन्छ भने हामी सोध्न सक्छौं, "तपाईले त्यो कथामा कहाँ फेला पार्नुहुन्छ?"
यस कथाले हामीलाई परमेश्वर, उहाँको चरित्र र उहाँ के गर्नुहुन्छ भन्ने बारेमा के सिकाउँछ?
यस कथाबाट हामी आफैंलगायत मानिसहरूको बारेमा के सिक्न सक्छौं?
यस कथाबाट परमेश्वरको सत्यातालाई यस हप्ता तपाईं आफ्नो जीवनमा कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?
हामी फेरि भेट्नु अघि यो कथाको सत्यता तपाई कसलाई बताउनुहुन्छ? के तपाइँ अरू कोहि ब्यक्तिहरुलाई चिन्नुहुन्छ जो हामी जस्तै यस एपमा परमेश्वरको वचन बुझ्न चाहन्छन्?
अब हाम्रो बैठक सकिने क्रममा छ, हामी फेरि कहिले भेट्ने र अर्को बैठक कसले सहजीकरण गर्ने भनेर निर्णय गरौ।
हामी तपाईंलाई यो उत्साह दिन चाहनछौ कि तपाईंले गर्छु भनेको कुरा नोट गर्नुहोस, र फेरि भेट्नु अघिका दिनहरुमा यो कथा फेरी दोहोराएर पढ्नुहोस। यदि कसैसँग यो सामग्री छैन भने, सहजकर्ताले कथाको पाठ वा अडियो पठाएर मद्दत गर्न सक्नुहुन्छ। छुट्दै गर्दा, परमेश्वरको सहायताको लागि प्रार्थना गरौं।

0:00

0:00