चेलाहरूलाई क्षमा गरिन्छ

संगती

हामीले भेटेको पछिल्लो समयदेखि तपाईसँग के भएको छ भन्ने आधारमा, तपाई के कुराको लागि धन्यवादी हुनुहुन्छ?
यस हप्ता तपाईलाई कुन कुराले तनाव दियो, र ति कुराहरु सुधार गर्नका लागि तपाईलाई के चाहिन्छ?
तपाईंको समुदायका मानिसहरूका आवश्यकताहरू के-के छन्, र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?
पछिल्लो पटक हामीले हेरेको कथा के थियो? हामीले परमेश्वर र मानिसहरूको बारेमा के सिक्यौं?
हाम्रो पछिल्लो बैठकमा, तपाईंले सिकेका कुराहरू लागू गर्ने निर्णय गर्नुभएको थियो। तपाइले के गर्नुभयो र त्यो कस्तो रह्यो?
तपाइले अघिल्लो कथाबाट केहि कुरा कसलाई बताउनु भयो? उनीहरूले कसरी प्रतिक्रिया दिए?
हामीले पछिल्लो पटक धेरै आवश्यकताहरू पहिचान गर्यौं र ती आवश्यकताहरू पूरा गर्ने योजना बनायौं। यो कस्तो भयो?
अब, आउनुहोस्, हामी आजको परमेश्वरको कथा पढौं...

लूका ७: ३६-५०

३६ एक जना फरिसीले येशूलाई आफूसँग भोजनका लागि निम्तो दिए। उहाँ ती फरिसीको घरमा गएर खान बस्‍नुभयो। ३७ जब त्यस सहरमा पापमय जीवन बिताइरहेकी एउटी स्त्रीले येशू ती फरिसीको घरमा भोजनमा बस्‍नुभएको छ भन्‍ने सुनी, तब सिङ्गमरमरको एउटा भाँडोमा अत्तर लिएर ऊ त्यहाँ आई। ३८ अनि उहाँको पछिल्तिरबाट उहाँका पाउनिर उभिएर रुँदै उसले उहाँका पाउ आफ्नो आँसुले भिजाउन थाली। त्यसपछि उसले आफ्नै कपालले उहाँका पाउहरू पुछी। अनि चुम्बन गर्दै ती पाउहरूमा अत्तर घसी। ३९ उहाँलाई निम्तो दिने फरिसीले यो देखेर मनमनै भने, “यदि यिनी अगमवक्ता हुँदाहुन् त यिनलाई कसले छुँदैछ, र यो कस्ती चरित्रकी स्त्री हो भनी थाहा पाउनेथिए; किनकि यो त पापी स्त्री हो।” ४० येशूले तिनलाई जवाफ दिनुभयो, “सिमोन, मैले तिमीलाई केही कुरा भन्‍नु छ।” तिनले भने, “गुरुज्यू, भन्‍नुहोस्।” ४१ “एउटा साहूबाट दुई जनाले ऋण लिएका थिए: एक जनाले पाँच सय र अर्कोले पचास दिनार। ४२ तिनीहरू कसैसँग ऋण तिर्नलाई केही पनि थिएन; त्यसैले तिनले ती दुवै जनाका ऋण माफी गरिदिए। अब लौ भन, ती दुईमध्ये कुन चाहिँले तिनलाई बढी प्रेम गर्ला?” ४३ सिमोनले जवाफ दिए, “मेरो विचारमा बढी ऋण माफी पाउनेले।” येशूले भन्‍नुभयो, “तिमीले ठिक विचार गर्‍यौ।” ४४ तब त्यस स्त्रीतिर फर्केर उहाँले सिमोनलाई भन्‍नुभयो, “यस स्त्रीलाई देख्छौ? म तिम्रो घरमा आएँ। तिमीले मलाई पाउ धुने पानी दिएनौ। तर यसले त आफ्नो आँसुले मेरा पाउ भिजाएर आफ्नै केशले पुछेकी छ। ४५ तिमीले मलाई चुम्बन गरेनौ; तर यस स्त्रीले त म घरभित्र आएदेखि मेरा पाउहरूमा चुम्बन गर्न छोडेकी छैन। ४६ तिमीले मेरो शिरमा तेल घसिदिएनौ, तर यसले त मेरा पाउहरूमा अत्तर नै खन्याएकी छे। ४७ त्यसकारण म तिमीलाई भन्दछु, यसका धेरै पापहरू क्षमा भएका छन्; किनकि यसले बढी प्रेम देखाएकी छे। तर जसलाई थोरै मात्र क्षमा गरिन्छ, त्यसले थोरै नै प्रेम गर्दछ।” ४८ त्यसपछि येशूले त्यस स्त्रीलाई भन्‍नुभयो, “तिम्रा पापहरू क्षमा भएका छन्।” ४९ तब अरू पाहुनाहरूले आपसमा भन्‍न लागे, “पाप पनि क्षमा दिने यिनी को हुन्?” ५० येशूले त्यस स्त्रीलाई भन्‍नुभयो, “तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ; अब शान्तिसाथ जाऊ!”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International

प्रयोग

अब, कसैलाई यो खण्डलाई आफ्नै शब्दमा दोहोर्याउन लगाउ, मानौं कि तिनीहरूले कहिल्यै नसुनेका साथीलाई भनिरहेछन्। गल्तीले केही छोडेमा वा थपेमा उनीहरूलाई मद्दत गरौं।यदि त्यसो हुन्छ भने हामी सोध्न सक्छौं, "तपाईले त्यो कथामा कहाँ फेला पार्नुहुन्छ?"
यस कथाले हामीलाई परमेश्वर, उहाँको चरित्र र उहाँ के गर्नुहुन्छ भन्ने बारेमा के सिकाउँछ?
यस कथाबाट हामी आफैंलगायत मानिसहरूको बारेमा के सिक्न सक्छौं?
यस कथाबाट हामी चेलाहरु बन्ने बारेमा के सिक्छौं?
यस कथाबाट परमेश्वरको सत्यातालाई यस हप्ता तपाईं आफ्नो जीवनमा कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?
हामी फेरि भेट्नु अघि यो कथाको सत्यता तपाई कसलाई बताउनुहुन्छ? के तपाइँ अरू कोहि ब्यक्तिहरुलाई चिन्नुहुन्छ जो हामी जस्तै यस एपमा परमेश्वरको वचन बुझ्न चाहन्छन्?
अब हाम्रो बैठक सकिने क्रममा छ, हामी फेरि कहिले भेट्ने र अर्को बैठक कसले सहजीकरण गर्ने भनेर निर्णय गरौ।
हामी तपाईंलाई यो उत्साह दिन चाहनछौ कि तपाईंले गर्छु भनेको कुरा नोट गर्नुहोस, र फेरि भेट्नु अघिका दिनहरुमा यो कथा फेरी दोहोराएर पढ्नुहोस। यदि कसैसँग यो सामग्री छैन भने, सहजकर्ताले कथाको पाठ वा अडियो पठाएर मद्दत गर्न सक्नुहुन्छ। छुट्दै गर्दा, परमेश्वरको सहायताको लागि प्रार्थना गरौं।

0:00

0:00