७ याहवेहका व्यवस्थाहरू सिद्ध छन्, प्राणलाई ताजा गराउने, याहवेहका कानुनहरू विश्वासयोग्य छन्; सोझा व्यक्तिलाई बुद्धिमान् तुल्याउने। ८ याहवेहका नियमहरू ठिक छन्, हृदयलाई आनन्दित गराउने, याहवेहका आज्ञाहरू उज्ज्वल छन्, आँखालाई ज्योति दिने। ९ याहवेहको भय स्वच्छ छ, अनन्तकाल सम्मै स्थिर रहिरहने; याहवेहका उर्दीहरू अटल छन्, ती सबै धार्मिक सत्य छन्। १० ती सुनभन्दा पनि ज्यादै बहुमूल्य, निखुर सुनभन्दा, अझ ज्यादा बहुमूल्य छन्; ती महभन्दा मिठा, चाकाबाट झर्दै गरेको महभन्दा मिठा छन्। ११ तीद्वारा तपाईंका सेवकले चेतावनी पाउँछ; ती पालन गर्दा ठूलो प्रतिफल मिल्छ। १२ तर कसले आफ्ना भूलहरू छुट्ट्याउन सक्छन्? मेरा गुप्त दोषहरू क्षमा गरिदिनुहोस्! १३ आफ्नै स्वइच्छाले गरेका पापहरूबाट तपाईंले आफ्नो सेवकलाई जोगाउनुहोस्; ममाथि ती प्रभुत्व हुन नपाओस्; अनि म दोषरहित र घोर अपराधहरूबाट निर्दोष हुनेछु। १४ हे याहवेह, मेरा चट्टान र मेरा उद्धारक! मेरा मुखका वचनहरू र मेरा हृदयका ध्यान तपाईंका दृष्टिमा ग्रहणयोग्य हुन सकून्।
२४ “यसकारण हरेक जसले मेरा यी वचनहरू सुनेर त्यसअनुसार काम गर्दछ, त्यो त्यस बुद्धिमान् मानिसजस्तो हो, जसले आफ्नो घर चट्टानमाथि बनायो। २५ अनि पानी पर्यो, भल आयो, हुरी चल्यो, र त्यस घरमा बजारियो; तर पनि त्यो ढलेन। किनकि त्यसको जग चट्टानमाथि थियो। २६ तर हरेक मानिस, जसले मेरा यी वचनहरू सुनेर तिनलाई पालना गर्दैन, त्यो एउटा मूर्ख मानिसजस्तो हो, जसले आफ्नो घर बालुवामाथि बनायो। २७ अनि पानी पर्यो, भल आयो, हुरी चल्यो, र त्यसमा बजारियो। अनि त्यो पूरै ध्वस्त भएर ढल्यो।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00