१ याहवेह मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको घटी हुँदैन। २ उहाँले मलाई हरियो खर्कमा सुताउनुहुन्छ; उहाँले मलाई शान्त पानीतिर डोर्याउनुहुन्छ। ३ उहाँले मेरो प्राणलाई पुनः ताजा पार्नुहुन्छ। उहाँले आफ्नो नामको खातिर मलाई धार्मिकताका मार्गहरूमा अगुवाइ गर्नुहुन्छ। ४ मृत्युको अन्धकारमय घाटीबाट भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ; किनकि तपाईं मेरो साथमा हुनुहुन्छ; तपाईंको लहुरो र तपाईंको छडीले मलाई सान्त्वना दिन्छन्। ५ तपाईंले मेरा शत्रुहरूको सामु, मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईंले मेरो शीरलाई तेलले अभिषेक गर्नुहुन्छ; मेरो कचौरा भरिएर पोखिन्छ। ६ निश्चय नै तपाईंको भलाइ र प्रेम मेरो जीवनभरि हरेक दिन मेरो पछि लाग्नेछन्, र म सधैँभरि याहवेहको भवनमा बास गर्नेछु।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00