चेलाहरुले येशूको आज्ञा पालन गर्छन् र सु-समाचार सुनाउछन

संगती

हामीले भेटेको पछिल्लो समयदेखि तपाईसँग के भएको छ भन्ने आधारमा, तपाई के कुराको लागि धन्यवादी हुनुहुन्छ?
यस हप्ता तपाईलाई कुन कुराले तनाव दियो, र ति कुराहरु सुधार गर्नका लागि तपाईलाई के चाहिन्छ?
तपाईंको समुदायका मानिसहरूका आवश्यकताहरू के-के छन्, र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?
पछिल्लो पटक हामीले हेरेको कथा के थियो? हामीले परमेश्वर र मानिसहरूको बारेमा के सिक्यौं?
हाम्रो पछिल्लो बैठकमा, तपाईंले सिकेका कुराहरू लागू गर्ने निर्णय गर्नुभएको थियो। तपाइले के गर्नुभयो र त्यो कस्तो रह्यो?
तपाइले अघिल्लो कथाबाट केहि कुरा कसलाई बताउनु भयो? उनीहरूले कसरी प्रतिक्रिया दिए?
हामीले पछिल्लो पटक धेरै आवश्यकताहरू पहिचान गर्यौं र ती आवश्यकताहरू पूरा गर्ने योजना बनायौं। यो कस्तो भयो?
अब, आउनुहोस्, हामी आजको परमेश्वरको कथा पढौं...

लूका ५: १-११

एक दिन येशू गनेसरेत तालको छेउमा उभिरहनुभएको थियो। धेरै मानिसहरू उहाँको वरिपरि परमेश्‍वरको वचन सुन्‍न ठेलमठेल गरिरहेका थिए। त्यस बेला उहाँले तालको किनारमा मछुवाहरूले छोडिराखेका दुई वटा डुङ्गाहरू देख्नुभयो; मछुवाहरूचाहिँ जाल धोइरहेका थिए। उहाँ ती दुईमध्ये सिमोनको डुङ्गामा चढ्नुभयो, र किनारबाट अलिक पर लैजान भन्‍नुभयो। उहाँले डुङ्गामा बसेर मानिसहरूलाई शिक्षा दिनुभयो। बोलिसक्नुभएपछि उहाँले सिमोनलाई भन्‍नुभयो, “डुङ्गालाई गहिरोतिर लैजाऊ, र माछा पक्रन जाल हान।” सिमोनले भने, “गुरुज्यू, हामीले रातभरि कडा परिश्रम गर्‍यौँ, र पनि एउटै माछा पक्रेका छैनौँ; तर पनि तपाईंले भन्‍नुहुन्छ भने म जाल हाल्नेछु।” जब तिनीहरूले जाल हाले, तब तिनीहरूले यति धेरै माछा पक्रे कि जाल नै फाट्न थाल्यो। त्यसकारण तिनीहरूले आएर सहायता गर्नलाई अर्को डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई इशारा गरेर बोलाए। तिनीहरू आए, र दुवै डुङ्गालाई माछाले भरे, जसले गर्दा डुङ्गा डुब्ला झैँ भयो। जब सिमोन पत्रुसले यो देखे, तब येशूको पाउमा परेर भने, “हे प्रभु, मबाट गइहाल्नुहोस्, किनकि म एउटा पापी मानिस हुँ!” किनकि तिनी र तिनका साथीहरू आफूले पक्रेका त्यति धेरै माछा देखेर छक्‍कै परेका थिए; १० त्यसरी नै जब्दीका छोराहरू याकोब र यूहन्‍ना पनि, जो सिमोनका साझेदारहरू थिए। त्यसपछि येशूले सिमोनलाई भन्‍नुभयो, “नडराऊ, अबदेखि तिमीले मानिसहरूलाई पक्रनेछौ।” ११ यसैले डुङ्गालाई तानेर किनारमा ल्याएपछि तिनीहरूले सबै कुराहरू त्यागेर उहाँको पछि लागे।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International

प्रयोग

अब, कसैलाई यो खण्डलाई आफ्नै शब्दमा दोहोर्याउन लगाउ, मानौं कि तिनीहरूले कहिल्यै नसुनेका साथीलाई भनिरहेछन्। गल्तीले केही छोडेमा वा थपेमा उनीहरूलाई मद्दत गरौं।यदि त्यसो हुन्छ भने हामी सोध्न सक्छौं, "तपाईले त्यो कथामा कहाँ फेला पार्नुहुन्छ?"
यस कथाले हामीलाई परमेश्वर, उहाँको चरित्र र उहाँ के गर्नुहुन्छ भन्ने बारेमा के सिकाउँछ?
यस कथाबाट हामी आफैंलगायत मानिसहरूको बारेमा के सिक्न सक्छौं?
यस कथाबाट हामी चेलाहरु बन्ने बारेमा के सिक्छौं?
यस कथाबाट परमेश्वरको सत्यातालाई यस हप्ता तपाईं आफ्नो जीवनमा कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?
हामी फेरि भेट्नु अघि यो कथाको सत्यता तपाई कसलाई बताउनुहुन्छ? के तपाइँ अरू कोहि ब्यक्तिहरुलाई चिन्नुहुन्छ जो हामी जस्तै यस एपमा परमेश्वरको वचन बुझ्न चाहन्छन्?
अब हाम्रो बैठक सकिने क्रममा छ, हामी फेरि कहिले भेट्ने र अर्को बैठक कसले सहजीकरण गर्ने भनेर निर्णय गरौ।
हामी तपाईंलाई यो उत्साह दिन चाहनछौ कि तपाईंले गर्छु भनेको कुरा नोट गर्नुहोस, र फेरि भेट्नु अघिका दिनहरुमा यो कथा फेरी दोहोराएर पढ्नुहोस। यदि कसैसँग यो सामग्री छैन भने, सहजकर्ताले कथाको पाठ वा अडियो पठाएर मद्दत गर्न सक्नुहुन्छ। छुट्दै गर्दा, परमेश्वरको सहायताको लागि प्रार्थना गरौं।

0:00

0:00