४६ येशू भीडसित बोलिरहनुहुँदा उहाँकी आमा र भाइहरू उहाँसित कुरा गर्नलाई बाहिर उभिएका थिए। ४७ कसैले उहाँलाई भन्यो, “तपाईंकी आमा र भाइहरू तपाईंसँग कुरा गर्नका लागि बाहिर उभिरहेका छन्।” ४८ उहाँले तिनलाई जवाफ दिनुभयो, “मेरी आमा को हुन्? मेरा भाइहरू को हुन्?” ४९ तब चेलाहरूतिर देखाएर उहाँले भन्नुभयो, “मेरा आमा र भाइहरू यिनीहरू नै हुन्। ५० किनभने जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पूरा गर्छ, उही नै मेरो भाइ, बहिनी र आमा हुन्।”
३ हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई ख्रीष्टमा हरेक आत्मिक आशिष्ले स्वर्गीय स्थानहरूमा आशिष् दिनुभएको छ। ४ किनकि उहाँको दृष्टिमा हामी प्रेममा पवित्र र निष्खोट हुन सकौँ भनेर उहाँले हामीलाई संसारको सृष्टिभन्दा पहिल्यै ख्रीष्टमा चुन्नुभयो। ५ हामीलाई उहाँको आफ्नो आनन्द र इच्छाअनुसार उहाँले येशू ख्रीष्टद्वारा आफ्नो परिवारमा समावेश गराउनलाई पूर्वनिर्धारण गर्नुभयो, ६ ताकि हामीलाई आफ्ना प्रिय पुत्रद्वारा सित्तैँमा दिनुभएको उहाँको महिमित अनुग्रहको प्रशंसा होस्। ७ परमेश्वरको अनुग्रहको प्रशस्तताअनुसार ख्रीष्टको रगतद्वारा हामीले उहाँमा उद्धार र पापहरूको क्षमा पाएका छौँ। ८ परमेश्वरले आफ्नो सम्पूर्ण बुद्धि र समझशक्तिमा हामीलाई प्रशस्त गरी अनुग्रह दिनुभयो। ९ उहाँले आफ्नो असल अभिप्रायअनुसार आफ्नो इच्छाको रहस्य हामीकहाँ प्रकट गर्नुभएको छ, जुन रहस्य ख्रीष्टमा राख्नुभएको थियो, १० ताकि जब समयहरूको पूर्णता हुन्छ, तब स्वर्गमा र पृथ्वीमा भएका सबै थोकहरू ख्रीष्टको अधीनको एकतामा ल्याइनेछन्।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00