४ जब तिमीहरू मानिसहरूले त्यागेका, तर परमेश्वरले छान्नुभएको तथा उहाँको निम्ति बहुमूल्य जीवित पत्थरकहाँ आउँदछौ; ५ तब तिमीहरू पनि येशू ख्रीष्टद्वारा परमेश्वरको दृष्टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउँदै पवित्र पुजारीगिरीको निम्ति जीवित पत्थरहरूझैँ आत्मिकी घर बन्दैजाओ। ६ किनकि पवित्र धर्मशास्त्रमा यो लेखिएको छ: “हेर, सियोनमा म पत्थर राख्दैछु, चुनिएको र बहुमूल्य मुख्य ढुङ्गो, र उहाँमाथि जसले विश्वास गर्छ, त्यो कहिल्यै शर्ममा पर्नेछैन।” ७ यसर्थ तिमी विश्वास गर्नेका लागि यो पत्थर बहुमूल्य छ; तर विश्वास नगर्नेहरूका लागि, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही मुख्य ढुङ्गा बन्यो।” ८ र, “यस्तो ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ; अनि यस्तो चट्टान, जसले तिनीहरूलाई लडाउँछ।” तिनीहरू लड्छन्; किनकि उनीहरू सन्देशको उल्लङ्घन गर्छन्, यसैको निम्ति नै उनीहरू नियुक्त भएका थिए। ९ तर तिमीहरू चुनिएका मानिसहरू हौ, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको विशेष सम्पत्ति हौ ताकि तिमीहरूले तिमीहरूलाई अन्धकारबाट आफ्नो अद्भुत ज्योतिमा बोलाउनुहुनेको प्रशंसाको घोषणा गर्न सक। १० एक समय तिमीहरू परमेश्वरका मानिस थिएनौ, तर अब तिमीहरू परमेश्वरका मानिस भएका छौ; एक समय तिमीहरूले दया पाएका थिएनौ, तर अब तिमीहरूले दया पाएका छौ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00