मण्डलीले आत्माद्वारा चिन्हहरु र आश्चर्यकर्महरू गर्छ

संगती

हामीले भेटेको पछिल्लो समयदेखि तपाईसँग के भएको छ भन्ने आधारमा, तपाई के कुराको लागि धन्यवादी हुनुहुन्छ?
यस हप्ता तपाईलाई कुन कुराले तनाव दियो, र ति कुराहरु सुधार गर्नका लागि तपाईलाई के चाहिन्छ?
तपाईंको समुदायका मानिसहरूका आवश्यकताहरू के-के छन्, र हामीले व्यक्त गरेका आवश्यकताहरू पूरा गर्न हामी कसरी एकअर्कालाई मद्दत गर्न सक्छौं?
पछिल्लो पटक हामीले हेरेको कथा के थियो? हामीले परमेश्वर र मानिसहरूको बारेमा के सिक्यौं?
हाम्रो पछिल्लो बैठकमा, तपाईंले सिकेका कुराहरू लागू गर्ने निर्णय गर्नुभएको थियो। तपाइले के गर्नुभयो र त्यो कस्तो रह्यो?
तपाइले अघिल्लो कथाबाट केहि कुरा कसलाई बताउनु भयो? उनीहरूले कसरी प्रतिक्रिया दिए?
हामीले पछिल्लो पटक धेरै आवश्यकताहरू पहिचान गर्यौं र ती आवश्यकताहरू पूरा गर्ने योजना बनायौं। यो कस्तो भयो?
अब, आउनुहोस्, हामी आजको परमेश्वरको कथा पढौं...

यूहन्‍ना १४: १२-१४

१२ म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले ममाथि विश्‍वास गर्दछ, उसले पनि मैले गरिरहेका यी कामहरू गर्नेछ। अनि उसले यीभन्दा अझ ठूला-ठूला कार्यहरू पनि गर्नेछ; किनकि म पिताकहाँ जाँदैछु। १३ मेरो नाममा तिमीहरूले जेसुकै मागे पनि म त्यो पूरा गर्नेछु; ताकि पुत्रद्वारा पितालाई महिमा होस्। १४ तिमीहरूले मसँग मेरो नाममा जे मागे पनि म त्यो पूरा गर्नेछु।

प्रेरित ५: १२-२९

१२ मानिसहरूका सामु प्रेरितहरूले धेरै अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू गरे। सबै विश्‍वासीहरू एकसाथ सोलोमनको दलानमा भेला हुने गर्थे। १३ तिनीहरूलाई मानिसहरूले धेरै आदर गरे तापनि तिनीहरूका भेलामा सामेल हुने आँट कसैले गरेनन्। १४ तर पनि परमेश्‍वरमा विश्‍वास गर्ने पुरुष र स्त्रीहरूको संख्या दिनदिनै बढ्ने क्रम जारी नै रह्‍यो। १५ यहाँसम्म कि पत्रुस हिँड्ने बाटोमा मानिसहरूले बिरामीहरू ल्याएर खाट र सुकुलमा सुताउन थाले, ताकि तिनी त्यो बाटो हिँड्दा पत्रुसको छायामात्रै भए तापनि कुनै बिरामीमाथि परोस्। १६ अशुद्ध आत्माले ग्रस्त भएका र बिरामी भएका आफ्ना परिवारका सदस्यहरूलाई यरूशलेमका वरिपरिका सहरहरूबाट मानिसहरूले ल्याउँदा त्यहाँ ठूलो भीड जम्मा भयो; र ती सबै निको पारिए। १७ प्रधान पुजारी र उनका सबै सहायकहरू, जो सदुकी पन्थका थिए, उनीहरूको हृदय डाहले भरियो। १८ अनि प्रेरितहरूलाई तिनीहरूले समातेर सार्वजनिक झ्यालखानामा हालिदिए। १९ तर मध्यरातको समयमा प्रभुका एउटा दूतले झ्यालखानाका ढोकाहरू खोलेर तिनीहरूलाई बाहिर निकाले। २० अनि तिनले भने, “जाओ, मन्दिरको आँगनमा खडा होओ, र यस नयाँ जीवनको पूर्ण सन्देश मानिसहरूलाई सुनाओ।” २१ तिनीहरूलाई भनिएझैँ नै झिसमिसेमै तिनीहरू मन्दिरको चोकभित्र पसे, र मानिसहरूलाई सिकाउन थाले। जब प्रधान पुजारी र उनका सहायकहरू भेला भए, तब उनीहरूले महासभा अर्थात् इस्राएलीहरूको प्रधानहरूको सम्पूर्ण सभालाई बोलाए। अनि प्रेरितहरूलाई झ्यालखानाबाट त्यहाँ ल्याउन मानिसहरू पठाए। २२ तर झ्यालखाना पुगेपछि हाकिमहरूले तिनीहरूलाई त्यहाँ भेट्टाएनन्। त्यसैले तिनीहरू फर्केर गएर यसो भने, २३ “हामीले झ्यालखानाका ढोकाहरूमा बलिया ताल्चाहरू लगाएका पायौँ। ढोकाहरूमा पहरेदारहरू तैनाथ थिए। तर जब ढोका खोल्यौँ, तब हामीले भित्र कसैलाई भेट्टाएनौँ।” २४ मन्दिरको पहरेदारहरूका सेनापति र मुख्य पुजारीहरूले जब यो खबर सुने, तब यसको नतिजा के हुने होला भनी अलमल परे। २५ त्यसै बेला एक जना त्यहाँ आएर तिनीहरूलाई भन्यो, “हेर्नुहोस्! तपाईंहरूले झ्यालखानामा हाल्नुभएका मानिसहरू मन्दिरका आँगनहरूमा उभिएर मानिसहरूलाई शिक्षा दिइरहेका छन्।” २६ यो कुरा सुन्‍नसाथ आफ्ना अधिकृतहरूको साथमा सेनापति मन्दिरतिर गए। अनि प्रेरितहरूलाई महासभामा ल्याए। तिनीहरूले शक्ति प्रयोग गरेनन्। किनकि त्यसो गर्दा तिनीहरूलाई मानिसहरूले ढुङ्गा हान्लान् भन्‍ने डर थियो। २७ प्रेरितहरूलाई त्यहाँ ल्याइएपछि प्रधान पुजारीद्वारा प्रश्न गरिनका निम्ति तिनीहरूलाई महासभासामु उभ्याइयो। २८ प्रधान पुजारीले भने, “यस नाममा नसिकाउनू भनेर हामीले तिमीहरूलाई कडा आदेश दिएका थियौँ। तैपनि तिमीहरूले यसै नाममा आफ्नो शिक्षाले सारा यरूशलेम भरिदिएका छौ। अनि यस मानिसको रगतको दोषी हामीलाई बनाउन तम्सिएका छौ।” २९ पत्रुस र अन्य प्रेरितहरूले जवाफ दिए: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञाको पालन गर्नैपर्छ!

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International

प्रयोग

अब, कसैलाई यो खण्डलाई आफ्नै शब्दमा दोहोर्याउन लगाउ, मानौं कि तिनीहरूले कहिल्यै नसुनेका साथीलाई भनिरहेछन्। गल्तीले केही छोडेमा वा थपेमा उनीहरूलाई मद्दत गरौं।यदि त्यसो हुन्छ भने हामी सोध्न सक्छौं, "तपाईले त्यो कथामा कहाँ फेला पार्नुहुन्छ?"
यस कथाले हामीलाई परमेश्वर, उहाँको चरित्र र उहाँ के गर्नुहुन्छ भन्ने बारेमा के सिकाउँछ?
यस कथाबाट हामी आफैंलगायत मानिसहरूको बारेमा के सिक्न सक्छौं?
यस कथाबाट हामी मण्डली हुनुको बारेमा के सिक्छौं?
यस कथाबाट परमेश्वरको सत्यातालाई यस हप्ता तपाईं आफ्नो जीवनमा कसरी लागू गर्नुहुन्छ? तपाईले गर्नुहुने बिशेष कार्य वा कुरा के हो?
हामी फेरि भेट्नु अघि यो कथाको सत्यता तपाई कसलाई बताउनुहुन्छ? के तपाइँ अरू कोहि ब्यक्तिहरुलाई चिन्नुहुन्छ जो हामी जस्तै यस एपमा परमेश्वरको वचन बुझ्न चाहन्छन्?
अब हाम्रो बैठक सकिने क्रममा छ, हामी फेरि कहिले भेट्ने र अर्को बैठक कसले सहजीकरण गर्ने भनेर निर्णय गरौ।
हामी तपाईंलाई यो उत्साह दिन चाहनछौ कि तपाईंले गर्छु भनेको कुरा नोट गर्नुहोस, र फेरि भेट्नु अघिका दिनहरुमा यो कथा फेरी दोहोराएर पढ्नुहोस। यदि कसैसँग यो सामग्री छैन भने, सहजकर्ताले कथाको पाठ वा अडियो पठाएर मद्दत गर्न सक्नुहुन्छ। छुट्दै गर्दा, परमेश्वरको सहायताको लागि प्रार्थना गरौं।

0:00

0:00