२३ किनकि मैले प्रभुबाट जे पाएँ, त्यो तिमीहरूलाई सुम्पि पनि दिएँ: अर्थात् जुन रात येशूलाई धोका दिइएको थियो, त्यो रात उहाँले रोटी लिनुभयो, २४ र उहाँले धन्यवाद दिएर त्यो भाँच्नुभयो र भन्नुभयो, “यो मेरो शरीर हो, जुनचाहिँ तिमीहरूका निम्ति हो; मेरो सम्झनामा यो गर्ने गर।” २५ त्यसै गरी रोटी खाइसक्नुभएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो; जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो गर्ने गर।” २६ किनकि जहिले-जहिले तिमीहरूले यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, तब तिमीहरूले प्रभु नआउन्जेल उहाँको मृत्युको प्रचार गर्दछौ। २७ यसकारण जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ वा प्रभुको कचौराबाट पिउँछ, त्यो प्रभुको शरीर र उहाँको रगतलाई अपवित्र पारिएकोमा दोषी ठहरिनेछ। २८ यसैले हरेकले रोटी खान र कचौराबाट पिउन अगि आफैँलाई जाँचोस्। २९ किनकि जसले ख्रीष्टको शरीरलाई नचिनिकन खान्छ र पिउँछ, त्यसले आफ्नो विरुद्ध दण्ड ल्याउँछ। ३० यसैले तिमीहरूमध्ये धेरै जना कमजोर र रोगी छौ, र तिमीहरूमध्ये कति जना त सुतिसकेका छन्। ३१ तर यदि हामीले आफैँलाई जाँचेका छौँ भने हामी त्यस्तो दण्डमा पर्नेछैनौँ। ३२ तथापि जब हामी प्रभुद्वारा यसरी न्याय गरिनेछौँ, तब उहाँले हामीलाई अनुशासित गर्नुहुन्छ, ताकि हामी संसारसँग दोषी नठहरिऔँ।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00