१ “न्याय नगर, नत्रता तिम्रो पनि न्याय हुनेछ। २ किनकि तिमीले जसरी अरूको न्याय गर्दछौ, त्यसरी नै तिम्रो पनि न्याय हुनेछ; जुन नापले तिमी नाप्दछौ, तिमी पनि त्यही किसिमले नापिनेछौ। ३ “तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ, तर तिम्रो आफ्नै आँखाभित्र भएको मुढोलाई चाहिँ ध्यानै दिँदैनौ? ४ जब तिम्रो आँखाभित्र मुढो रहिरहेको हुन्छ, तब तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्न सक्छौ? ५ ए कपटी, पहिले आफ्नै आँखाबाट मुढो निकाल। अनि पो आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्नेछौ।
१५ “झूटा अगमवक्ताहरूदेखि होसियार बस; जो तिमीहरूकहाँ भेडाको भेषमा आउँछन्, तर भित्रचाहिँ तिनीहरू डरलाग्दा ब्वाँसाहरू हुन्। १६ तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के मानिसहरूले काँडाका बोटबाट अङ्गुर अथवा सिउँडीको बोटबाट अञ्जीर टिप्छन्? १७ यस्तै किसिमले असल रूखले असल फल फलाउँछ, तर खराब रूखले खराब फल फलाउँछ। १८ असल रूखले खराब फल फलाउन सक्दैन। अनि खराब रूखले असल फल फलाउन सक्दैन। १९ असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा फालिनेछ। २० यसरी तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। २१ “मलाई ‘प्रभु, प्रभु,’ भन्नेहरू सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्; तर त्यसले मात्र प्रवेश गर्नेछ, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालना गर्दछ। २२ त्यस दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाममा अगमवाणी गरेनौँ र? अनि तपाईंको नाममा भूतहरू धपाएनौँ र? अचम्मका काम गरेनौँ र?’ २३ तब म तिनीहरूलाई स्पष्ट रूपले भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। हे अधर्म काम गर्नेहरू हो, मबाट दूर भइजाओ!’
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00