१८ किनकि क्रूसको सन्देश नाश हुन गइरहेकाहरूका निम्ति मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्ति परमेश्वरको शक्ति हो। १९ किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ: “म बुद्धिमानीहरूका बुद्धिलाई नष्ट गर्नेछु; ज्ञानीहरूका ज्ञान व्यर्थ तुल्याइदिनेछु।” २० बुद्धिमान् मानिस कहाँ छ? व्यवस्थाको शिक्षक कहाँ छ? यस युगको दर्शनशास्त्री कहाँ छ? के परमेश्वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्याउनुभएन र? २१ किनकि परमेश्वरको ज्ञानअनुसार संसारले आफ्नो बुद्धिद्वारा परमेश्वरलाई चिन्न नसकेकाले, प्रचार गरिएको सुसमाचारको मूर्खताद्वारा उहाँमाथि विश्वास गर्नेहरूलाई उद्धार गर्न परमेश्वरलाई असल लाग्यो। २२ यहूदीहरू अलौकिक चिन्हहरू खोजी गर्छन्, र ग्रीकहरू बुद्धिको खोजी गर्छन्। २३ तर हामी त क्रूसमा टाँगिनुभएको ख्रीष्टको प्रचार गर्दछौँ, जो यहूदीहरूका निम्ति ठेस लाग्ने ढुङ्गा र गैरयहूदीहरूका निम्ति मूर्ख कुरा ठहरिनुभयो। २४ तर परमेश्वरद्वारा बोलाइएकाहरू यहूदी र ग्रीक दुवैका निम्ति ख्रीष्ट परमेश्वरको शक्ति र परमेश्वरको बुद्धि हुनुहुन्छ। २५ किनकि परमेश्वरको मूर्खता मानिसहरूको बुद्धिभन्दा श्रेष्ठ र परमेश्वरको दुर्बलता मानिसहरूको बलभन्दा धेरै शक्तिशाली हुन्छ। २६ दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको बोलावट हुँदा तिमीहरू कस्ता थियौ सो विचार गर; तिमीहरूमध्ये धेरै जना मानवीय नापअनुसार बुद्धिमान् थिएनौ; धेरै जना प्रभावशाली थिएनौ; धेरै जना जन्मँदा खानदानी थिएनौ। २७ तर बुद्धिमानहरूलाई शर्ममा पार्नलाई परमेश्वरले संसारको दृष्टिमा मूर्ख ठहरिएकाहरूलाई चुन्नुभयो अनि शक्तिशालीहरूलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका दृष्टिमा दुर्बल ठहरिएकाहरूलाई चुन्नुभयो। २८ परमेश्वरले संसारका नीच र तुच्छ गनिएका कुराहरू—कुनै पहिचान नै नभएका कुराहरूलाई चुन्नुभयो; ताकि संसारको दृष्टिमा महत्त्वपूर्ण ठानिएका कुराहरू व्यर्थ ठहरिउन्, २९ ताकि उहाँको सामु कसैले घमण्ड गर्न नपाओस्। ३० उहाँकै कारण तिमीहरू ख्रीष्ट येशूमा छौ, जो परमेश्वरबाट हाम्रा निम्ति बुद्धि, धार्मिकता, पवित्रता अनि छुटकारा हुनुभयो। ३१ यसकारण धर्मशास्त्रमा यसरी लेखिएको छ, “घमण्ड गर्नेले प्रभुमा नै घमण्ड गरोस्।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण™ प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™ Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Biblica® Open Nepali Contemporary Version™, Audio Edition Copyright ℗ 2025 by Biblica, Inc. and Davar Partners International
0:00
0:00